शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पब्लिक टिभीको परीक्षण सुरु

पब्लिक टिभीको परीक्षण सुरु


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७९, बुधबार

पोखरा, १८ साउन– गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले परीक्षण उद्घाटन गरे ।
उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले उनले समाजमा लुकेर रहेका विषयको उजागर गर्न शुुभकामना दिए ।
टिभीका निर्देशक रुद्रप्रसाद अर्यालले पछिल्लो प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको बताए ।
टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षांैअघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताए ।
नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भएपनि पब्लिकले केन्द्रीय स्तरको परिचय दिने र आफैं केन्द्र हुने शुभेच्छा प्रकट गरे । पब्लिक टिभीका समाचार प्रमुख अमृत सुवेदीले मिडियाको संख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->