शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७९, बुधबार

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताए ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन्।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी ती नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->