आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई सम्मान

यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७९, सोमबार

पोखरा, २३ साउन–राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य सुमित श्रेष्ठलाई पोखरामा सम्मान गरिएको छ ।

भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिप खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो ।

उनलाई युनाइटेड बगरले खादा तथा सम्मानपत्रले सम्मान गरिएको हो । सो अवसरमा बोल्दै श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना पुरा भएको बताए । उनले आगामी दिनमा झन उत्कृष्ट खेल प्रर्दशन गरेर जाने बताए ।

यसैगरि युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले श्रेष्ठलाई पोखरामा स्वागत गर्दै बधाई ज्ञापन गरे । उनले आगामी दिनमा अझ खेललाई परिस्कृत गर्दै अगाडी बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।

सम्मानित श्रेष्ठ यसअघि नेपाली राष्ट्रिय फुटसल टिमबाट समेत डेब्यु गरिसकेका छन् ।

उक्त स्वागत तथा सम्मान कार्याक्रममा फुटबलर, रन्दिप पौडेल, फुटबलर अञ्जन देवकोटा, फुटसलका ए डिभिजन खेलाडी सुदिप सुनार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->