बागलुङ/ धवलागिरि बहुमुखी क्याम्पस नेपाली विभागले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बिबिए.तेस्रो सेमेष्टरका विद्यार्थी निरुता शर्मा प्रथम भएकी छन् । बिबिएस चोथौ वर्षकी विद्यार्थी सृष्टि आचार्य द्वितीय र बिबिएस तृतीय वर्षकी विद्यार्थी विमला रिजाल तृतीय भएको क्याम्पसले जनाएको छ ।
कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापा र क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले पुरस्कार प्रदान गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष डा. थापाले विद्यार्थीहरुमा फरकफरक क्षमता हुने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रस्फुटनमा सहयोग पुग्ने बताए । क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्यायले क्याम्पस गुणस्तर प्राप्तिका लागि प्रयत्नशील रहेको र यस्ता कार्यक्रमले गुणस्तर प्राप्तिको कार्यलाई थप मजबुत बनाउने बताए ।
कार्यक्रममा प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, कर्मचारी संघका उप–सभापति भूपाल चालिसे र एसक्युसिका संयोजक सुदीपसागर कँडेल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका बारेमा नेपाली विभागका विभागीय सदस्य तथा सहायक क्याम्पस प्रमुखख हरिप्रसाद पाण्डेयले प्रकाश पारेका थिए ।





