आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मैत्रीपूर्ण फुटसल खेलमा फोनिज विजयी

मैत्रीपूर्ण फुटसल खेलमा फोनिज विजयी


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७९, बुधबार

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा फोनिज विजयी भएको छ ।

पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल स्थित स्पोटर्स क्यासलकोमा भएको खेलमा पुरुष तर्फ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई टाइब्रेकरमा हराउँदै जित हासिल गरेको हो ।

निर्धारित समयको खेल ४–४ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । यस्तै महिला तर्फपनि फोनिजनै विजयी भएको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । फोनिज महिला टोलीले सञ्चारीका समूहलाई पेनाल्टिमा हराएका हो ।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई मेडल र प्रमाणपत्र प्रदान पश्चात बोल्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले पत्रकारहरुबीच यसरी नै अन्य खेल समेत हुन आवश्यक रहेको सुनाए ।

हरेक क्षेत्रको समाचार संकलन गरेझै खेलकुदमा समेत समाचार संकलन गर्दै आइरहेका खेलकुद पत्रकारका लागि यस्ता प्रतियोगिताले थप टेवा पुग्ने बताए ।

आफुले पटक–पटक यसरी खेलकुदमा सहभागिता जनाउनका लागि अनुरोध गरिरहेको सुनाए । उनले पत्रकारहरुबीच विभिन्न खेल गतिविधि गर्न समेत अनुरोध गर्दै त्यसका लागि खेलकुद परिषद्ले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सद्यै अरुको समाचार बनाउने आफैपनि समाचार बन्नु सुखद् रहेको सुनाए । उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान १० हजार अतिथि पोखरा आउने र उनीहरुको आतिथ्यताको व्यवस्थापनमा झकझकाउने काम गर्न समेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->