आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

पोखरा बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने


  • ढोरपाटन सम्वाददाता
  • साउन २६ २०७९, बिहिबार

पोखरा, २६ साउन– पोखरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुबीच एक आपसमा मित्रभाव बढाउनका लागि मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

स्नातक तहको अध्ययन हुँदै आइरहको क्याम्पसमा विद्यार्थीहरुबीच एक अर्कासँग राम्रो चिनजान नभएको र एकै घरमा शिक्षा लिन आउँदा समेत पराएभएको अनुभुतिलाई चिर्नका लागि सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पोखरा बहुमुखी क्याम्पस खेलकुद मञ्चको आयोजनामा आगामी २८ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको मञ्चका अध्यक्ष विक्रम थापाले जानकारी दिए ।

‘ हामी कलेज आउँदा कसैलाई पनि चिन्दैनौँ । आउँछौँ पढ्छौ जान्छौँ हामी विद्यार्थीहरुबीचको दुरी चिर्नका लागि यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो’ उनले भने,‘खेलकुदले एक अर्कालाई जोड्ने काम गर्छ त्यसैले हामीले फुटबल गर्न लागेका हौँ ।’

यस्तै प्रतियोगिता संयोजक दिपक घिमिरेले विद्यार्थीहरुको पहलमा यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताले विद्यार्थीहरु भावानात्मक रुपमा परिचित हुनेमा आफु आशावादी रहेको सुनाए ।

यस्तै क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीलाई शिक्षाका साथै खेलकुदको पनि आवश्यकता रहेको बताइन् । उनले आगामी दिनमा मैत्रीपुर्णमात्रै नभई यसदलाई सबैले चिन्ने किसिमको प्रतियोगिता बनाएर लैजानका लागि शुभकामना दिइन् ।

उनले शिक्षा, खेलकुदका साथै विभिन्न क्षेत्रबाट क्याम्पसका नाम उच्च पार्ने जिम्मा विद्यार्थीहरुको रहेको र क्याम्पसको साथ सहयोग रहने बताइन् ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान तुलाचनले विद्यार्थीहरु राम्रो काममा अघि बढेको सुनाए । उनले आम नागरिकका लागि खेलकुद निकै महत्व रहेको सुनाउँदै मित्रभाव ल्याउने गरी प्रतियोगिता सम्पन्न गर्न आग्रह गरे ।

उनले पोखरा बहुमुखी क्याम्पसको आफ्नै भवन निमार्णको क्रममा रहेको र उक्त स्थानमा भलिबल, बास्केटबल, टेनिस कोर्ट लगायत खेल मैदान समेत बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->