शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीमा विपन्नलाई कपडा बैंक र अन्येष्टिका लागि निःशुल्क दाउरा दिने

बेनीमा विपन्नलाई कपडा बैंक र अन्येष्टिका लागि निःशुल्क दाउरा दिने


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७९, शुक्रबार

म्याग्दी/ बेनी नगरपालिका वडा नं ७ ले गरिबीको रेखामुनि रहेकालाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गर्ने भएको हो ।

प्रयोगमा आएका तथा सफा कपडा बैंकमा राखेर गरीबलाई निःशुल्क रुपमा वितरण गर्ने गरी वडा कार्यालयले कपडा बैंकको स्थापना गर्ने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । ‘विपन्नको जीवनयापनमा सहज हुने अपेक्षा गरिएको छ,‘प्रयोग गर्न मिल्ने लुगा दिन अनुरोध गर्दछौ’ वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले भने ।

गरिबीको रेखामुनि रहेका धेरै मानिस आङ ढाक्ने कपडाको समेत अभावमा रहेका बेला कपडा बैंकको स्थापनाको आवश्यकता रहेको नगरका प्रबक्ता समेत रहेका श्रेष्ठले भने ।

केही समय लगाएपछि व्यक्तिले यसै फाल्ने कपडालाई सफा गरेर पुनः प्रयोगमा ल्याउने गरी कपडा बैंकको स्थापनाको निर्णय गरेको वडाले सार्वजनिक सूचना समेत जारी गर्ने तयारीमा रहेको छ। त्यस्तै वडाभित्रका विपन्नको मृत्युपछि अन्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउने भएको छ।

वडाभित्र बसोबास गर्नेको ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टिका लागि दाउराको ब्यवस्थापन गर्न कालिगण्डकी नदीमा आफ्नै संरचना बनाउने र निजी ब्यवसायीले राखेको संरचनालाई प्रक्रिया पुरा गरी हटाउने जनाएको छ । वडाभित्रको बरपिपलको चौतारी संरक्षण सहितका अभियान सञ्चालन गरेको वडाको अभियानमा वडाबासी समेत उत्साहित छन् ।

यसैबीच वडाभित्रको सार्वजनिक जग्गामा पार्क तथा ब्यायमशाला समेत बनाइने भएको छ । बढ्दो सहरीकरणसँगै वडाभित्र पार्क र नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशालाको अवधारणा ल्याएको हो ।

बिरेन्द्रचोकमा रहेको सार्वजनिक स्थान, पिपलको चौतारी, डिभिजन बन कार्यालयले प्रयोग गरिरहेको नर्सरी तथा आसपासका क्षेत्रमा पार्क तथा ब्यायमशाला बनाउन आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ । त्यस्तै वडाले बेनपा–२ का तल्लो भेगकका जनतालाई सहज हुने गरी सेवा प्रवाहमा समेत सहयोग गरेको छ भने बेनपा–९ लाई समेत सेवाग्राहीलाई सहज हुने गरी आवश्यकता अनुसार वडाको संरचना प्रयोग गर्न दिने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->