पोखरा/ तायाः मचा नृत्य प्रतियोगितामा भीमसेन टोल सुधार समिति पहिलो भएको छ । नेवा खलः कास्कीको तत्वाधान तथा मोहोरिया–सिंहनाथ तायःमचा समिति आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा २३ टोलीलाई पछि पार्दै भीमसेन टोल पहिलो बनेको हो । प्रतियोगितामा तेर्सापट्टि तायःमचा नाच समिति दोस्रो, महेन्द्रपुल तायमचा समिति तेश्रो तथा नयाँ बजार सांस्कृतिक समितिले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगितामा लामाचौर नेवाः खलको नृत्यले सर्वोत्कृष्ट महिला नृत्य समूहको उपाधि जितेको छ । रामकृष्णटोल तायःमचा समितिको वाद्यवाधन प्रस्तुति सर्वोत्कृष्ट वाद्यवाधन घोषित भएको छ । नेवा खलः कचा पृथ्वीचोकले सर्वोत्कृष्ट जोकर को पुरस्कार जितेको छ ।
विजेता तथा उपविजेता टोलीलाई पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्य, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेमोहोरिया–सिंहनाथ टोल विकास समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।





