बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गुरुकुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

गुरुकुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७९, सोमबार

पोखरा/ पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको गुरुकुल विद्या सदनमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ ।

भरर्खरै एसईई पासभएर ११ मा भर्ना हुन आएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्वागत गरिएको हो । विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीको हौसला बढाउनका लागि स्वागत कार्यक्रम राखिएको कक्षा १२ कोर्डिनेटर बसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले गुणस्तरीय शिक्षा लिनका लागि विद्यालयमा भर्ना भएका विद्यार्थीका लागि विद्यालयको नियम तथा मनोसामाजिक रुपमा समेत बलियो बनाउनका लागि यस्तो कार्यक्रमले प्रभाव पार्ने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी विश्व विद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारी विद्यार्थीको भविष्यको पहिलो खुड्किलो अब सुरुवात भएको बताए । अहिलेसम्मको १० वर्षे पढाइमा कसैले नचिनेपछि अबको पढाइले विश्वमै चिनिने अवसर समेत मिल्ने उनले बताए । कार्यक्रममा भुवन सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । यस्तै टिम गुरुकुलका सदस्य रवि कार्कीले विद्यार्थीका लागि नियम तथा विभिन्न विषयबारे जानकारी गराएका थिए । कार्यक्रममा मोटिभेसनल स्पिकर डा. ताराजीले विद्यार्थी तथा अभिभावकलाई अभिमुखीकरण गराएका थिए ।

कक्षा १२ का छात्र सौजन तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा कक्षा १२ का छात्रा सिम्रन शाह, पूर्वविद्यार्थी प्रसन्न भण्डारी, इन्जिनियर धर्मराज कोइराला, विद्यालय प्राचार्य नारायण आचार्य, अमृत बराल, हरि ढकाललगायतले आफ्नो भनाइ राखेका थिए । यस्तै कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको तर्फबाट सन्दीप आचार्यले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->