बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

मुक्ति समाज गण्डकीको अध्यक्षमा निर्मल

मुक्ति समाज गण्डकीको अध्यक्षमा निर्मल


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७९, सोमबार

पोखरा/ नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीको शनिबार भएको प्रथम सम्मेलनले निर्मल दियाली सुनारको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ ।
सम्मेलनबाट प्रदेश कमिटी उपाध्यक्षमा नवलपुरका होमबहादुर विक र तनहुँकी डिना गोतामे, सचिवमा कास्कीका बमबहादुर विक र कोषाध्यक्षमा कास्कीकै कमला सुनार छन् । त्यस्तै उपसचिवमा पर्वतका बाबुराम सुनार र बागलुङकी रुपा विक छन् ।

नवनिर्वाचित अध्यक्ष सुनारले पार्टीको मार्गदर्शनमा रहेर समतामूलक समाज निर्माणका लागि नयाँ कमिटी लाग्ने प्रतिवद्धता गरे । निर्वाचित पदाधिकारी तथा सदस्यलाई मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले पद तथा गोपनीयताको सपथ गराए । कार्यक्रम मुक्ति समाजका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश सम्मेलन कमिटी संयोजक धनबहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->