शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा उद्योग वाणिज्य संघ महाधिवेशन: प्रजापतिद्धारा प्यानल सहित उम्मेदवार घोषणा

पोखरा उद्योग वाणिज्य संघ महाधिवेशन: प्रजापतिद्धारा प्यानल सहित उम्मेदवार घोषणा


  • ढोरपाटन सम्वाददाता
  • भाद्र ६ २०७९, सोमबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि पवन कुमार प्रजापतिले प्यानल सहित उम्मेदवारीको घोषणा गरेका छन् ।

सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २४ र २५ गते पोखरामा हुने ३४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा प्रजापतिसँगै अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । प्रजापतिले प्यानल घोषणा गरेपनि पोखरेलले प्यानल घोषणा गरिसकेका छैनन् ।

संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापति वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । १० वर्षअघि सदस्यबाट संघको कार्यसमितिमा प्रवेश गरेका प्रजापती कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् ।

प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डित, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला र उप–महासचिवमा शोभा गौतमले उम्मेदवारी दिने भएका छन् ।

प्रजापति प्यानलको पदाधिकारी घोषणा गरिएपनि सदस्यहरु भने घोषणा गरिएको छैन । सदस्यमा दश जनाको मात्रै उम्मेदवारी दिनुपर्ने भएपनि आकांक्षी बढी भएकाले मिलाउन सकश हुँदा प्यानलमा सदस्यको उम्मेदवार घोषणा गर्न नसकिएको अध्यक्षका उम्मेदवार प्रजापतिले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->