शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

टुंडीखेलमा ‘ऐतिहासिक तीज मेला’

टुंडीखेलमा ‘ऐतिहासिक तीज मेला’


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

पोखरा/ पोखरा १ टंडिखेलमा तीज मेला हुने भएको छ । इन्दे्रेणी एकृकीत विकास केन्द्रको आयोजनामा ‘ऐतिहासिक तीज मेला–२०७९ को आयोजना हुन लागेको हो ।

सोमबार मेलाबारेमा जानरकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्दे्रणीका अध्यक्ष भानुभक्त अधिकारीले पोखराकै पहिलो तीजगीत प्रतियोगितासहितको मेला भएकाले ऐतिहासिक तीज मेला नामाकरण गरिएको बताए । परापूर्वकालदेखि तीजको दिन ब्रत बस्ने महिलाहरु नजिकैकको सेती नदीमा स्नान गरि टुंडीखेल मैदानमा रातभरी बसी गीत गाउने, नाच्ने र दुःख साटासाट गर्ने परम्परालाई निरन्तरता दिन परिमार्जित तरिकाले मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

मेलाको मुख्य आकर्षणको रुपमा तीजगीत प्रतियोगिता हुनेछ । मौलिक तिज गीत प्रतियोगिताको विजेताले ३५ हजार १ सय १ रुपैयाँ तथा दोस्रो हुनेले २० हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टिमले १० हजार १ सय १ र सान्त्वना हुनेले ५ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट भेषभुषा र नृत्यलाई ३ हजार १ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एकल तिज गीत गृहिणी नृत्य प्रतियोगिताको प्रथम हुनेले १० हजार १ सय १, दोस्रोले ६ हजार १ सय १, तेस्रोले ५ हजार १ सय १ र सान्त्वना हुनेले ३ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् ।

मेलाको अन्य आकर्षणको रुपमा छेलो फाल्ने, आमा समूहस्तरीय विभिन्न प्रतियोगिता तथा ख्याती प्राप्त कलाकारहरुबाट लोकदोहोरी गीत प्रस्तुत गरिनेछ । छेलो फाल्ने प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार १, ७ हजार १ र ५ हजार १ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->