बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

विन्ध्यवासिनीको दानपेटिका चोरी, चोर पक्राउ

विन्ध्यवासिनीको दानपेटिका चोरी, चोर पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

पोखरा/ पोखराको विन्ध्यवासिनी मन्दिरमा रहेको दानपेटिका चोरी भएको छ । यही भदौ ३ गते राति मन्दिर परिसरमा रहेको दानपेटिका चोरी भएको हो । प्रहरीले चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ । पोखरा २५ तिब्बतीयन क्याम्पमा बस्ने २० वर्षीय दोर्जेले दानपेटिका चोरेका थिए ।

मन्दिर स्रोतका अनुसार उनी दिउसैदेखि मन्दिरमा गएर बसेका थिए । भोलिपल्ट सो क्षेत्रमा तायःमचा प्रतियोगिता आयोजना हुँदै थियो । मन्दिर परिसरमा बसेका दोर्जेले रातमा सुरक्षाकर्मी सुतेपछि दानपेटिका उठाएर हिँडेका थिए । पछि मन्दिरमा रहेको सिसि क्यामेरामा हेर्दा चोरी गर्ने व्यक्तिको पहिचान खुलेको थियो । प्रहरीले सोही आधारमा दोर्जेलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->