पोखरा/ पोखरा महानगरपालिका वडा नं. २६ मा बिहीबार भएको कृषकहरुको भेलाले केशवराज ढुंगानाको संयोजकत्वमा कृषि संजाल गठन भएको छ ।
संजालको सहसंयोजकमा देवी ढुंगाना, सचिवमा इश्वरराज भण्डारी, सहसचिवमा सावित्री ढकाल तिवारी र कोषाध्यक्ष कमल रानाभाट रहेका छन् । संजालको सदस्यमा इश्वरीप्रसाद अधिकारी, टंक प्रसाद सिग्देल, संजिव राजभाट, बिष्णुमाया बस्ताकोटी, डेटप्रसाद पनेरु, सुर्य प्रसाद बंजरा, प्रमोद थापा, बलराम सापकोटा, पदम बहादुर बिक, सागर बराल, बद्रीनाथ भण्डारी रहेका छन् । यसैगरी धरणीधर बराल, चित्रमाया पोखरेल अधिकारी, बेलकुमारी न्यौपाने, सुकु माया राजभाट र इन्द्र सुवेदी रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कृषिका लागि प्राप्त हुने अनुदान लक्षित वर्गमा नपुगेको गुनासो आएको बताउँदै, सचेत हुन आग्रह गरे । अध्यक्ष थापाले प्रविधिको प्रयोग गरी उत्पादनको बृद्धिमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले सूचनाको अभावमा वास्तविक कृषक अनुदानको पहुचभन्दा बाहिर पुगेको उल्लेख गर्दै संजालले सवैलाई जोड्न आग्रह गरे ।





