पोखरा/शुभकामना आमा समूह पोखरा १७ को २० औं साधारण सभा एवम् १० अधिवेशनले कोकिला श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा मिना द्धारे खाँण, सहसचिवमा सिर्जना खनाल, कोषाध्यक्षमा गंगा कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा मिठु द्धारे खाँण, टिकादेवी पौडेल सुवेदी, प्रमिला कुमारी शर्मा, लेस्ली ठुसाजु, शारदा थापा, निरमाया क्षेत्री, मिनाकुमारी गुरुङ, कमला सुनार रहेका छन् । अधिवेशनको पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेकी थिइन् ।





