शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्य

कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्य

साधना, भजनकीर्तनसहित मानवीय सेवा र राष्ट्रियताको रक्षाले मात्र जीवन सार्थक हुन्छ भन्ने मान्यता फैलाउँदै ।


  • नारायण शर्मा
  • भाद्र ११ २०७९, शनिबार

नवलपुर/ हिन्दुधर्मावलम्बीहरुबीच योगी नरहरिनाथझंै अब्बल मानिन्छन्, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य । बागलुङको पञ्चकोटमा ५७ वर्षअघि जन्मेका कमलनयनाचार्य नेपाल भारतमा हिन्दुधर्मावलम्बीका माथिल्लो तहका ‘महात्मा’ हुन् ।

सानै उमेरमा तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र शाहले समेत कमलनयनाचार्यलाई गुरु मानेका सिद्धपुरुष हुन् । राजदरबारका समेत गुरु रहिसकेका कमलनयनाचार्य नेपाललाई नै स्वर्ग बनाउने दीर्घकालीन लक्ष्य रहेको उनका क्रियाकलाप र गतिविधिले पुष्टि गर्छ ।

नेपालमा मुक्तिनाथ बाबाका नामले परिचित यी योगीका भक्तपुर, काठमाडौं, देवघाट, त्रिवेणीधाम, गलेश्वर, कुँडुले, पञ्चकोट, कागबेनी, रुपन्देही, झापालगायतका स्थानमा मन्दिर, गौशाला र आश्रम खुलेका छन् । ती सबै मन्दिरमा नित्य पूजाआजा र सेवा हुँदै आएको छ ।

कमलनयनाचार्य सानै उमेरदेखि घरपरिवार छोडेर अध्यात्मिक चिन्तनमा डुबेका महात्मा हुन । धार्मिक यज्ञ वा कुनैपनि सप्ताह लगाउने भनेर नेपाल, भारतबाहेक अन्य देश नजाने महात्मा भनेर उनी चिनिन्छन् । सप्ताह र यज्ञका लागि अमेरिका र युरोपका विभिन्न देशमा उनको माग भइरहँदा उनी देश छोडेर सम्पत्तिको मोहमा कहीं कतै नजाने र आफनो जीवनपर्यन्त नेपाललाई नै तीर्थस्थल बनाउने भनेर दत्तचित्तले लागेका व्यक्ति हुन् ।

उनले जुन स्थलमा पाइला टेकेका छन् ती सबै स्थान ऐतिहासिक र धार्मिक हिसाबले बेजोड तीर्थस्थलका रुपले परिचित छन् । सिंगो नेपाल नै देवस्थल हो, यहाँका सबै स्थानको फरक फरक महत्व र गरिमा छ भनेर उनी तीर्थस्थल निर्माणमा जुटेका छन् । बागलुङको कुँडुले फेदीमा उनले निर्माण गरेको सवा लाख शालिग्राम संग्रहालय संसारकै पहिलो र नौलो हो । सबैजसो मठमन्दिर र आश्रम दाताहरुको ऐच्छिक सहयोगमा सञ्चालित छन् ।

ती स्थानमध्ये बागलुङको कुँडुलेफेदी, नवलपुरको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाम र भक्तपुरको पन्चमहालक्ष्मी मन्दिरमा संस्कृत गुरुकुल सञ्चालनमा छन् । ती सबै गुरुकुलमा संस्कृत विषयमा पठनपाठन हँुदै आएको छ । त्यहाँका विद्यालयमा निशुल्क अध्ययन, आवासको व्यवस्था छ । संस्कृतमा रुचि भएका देशभरिका विद्यार्थीहरु त्यहाँ अध्ययन गर्दै आएका छन् ।

कमलनयनाचार्यका मुख्य मन्दिरहरु धामका रुपमा विकास गरिएको छ । मुख्य मन्दिरमा योग्य उत्तराधिकारीहरुले जिम्मेवारी सम्हालेका छन् । भक्तपुरस्थित शालिनदीको किनारको पञ्चमहालक्ष्मी, पूर्वी नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्र मोक्षदिव्य धाम, पञ्चकोट (कुँडुले समेत)मा योग्य उत्तराधिकारीले जिम्मेवारी सम्हालेका छन् ।

गजेन्द्र मोक्षधाममा कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्य छन् । त्यहाँ गजेन्द्रनारायणको भव्य र कलात्मक मन्दिर छ । संस्कृत विद्यापीठ, गौशाला र शिशमहल त्यहाँका मुख्य आर्कषण हुन् ।
गजेन्द्रमोक्ष दिव्यधाममा भव्य र कलात्मक मन्दिर छ । त्यो धामको जिम्मेवारी स्वामी कृष्ण प्रपन्नाचार्यले सम्हालेका छन् । दैनिक नेपाल भारतका सयौं भक्तजन त्यहाँ दर्शन र पूजाआजाका लागि आउने गर्छन्
। कृष्ण प्रपन्नाचार्यले करिब डेढ दशकदेखि त्रिवेणीधाममा उत्तराधिकारीको जिम्मेवारी सम्हालेका छन् ।

कृष्णप्रपन्नाचार्य कमलनयनाचार्य श्रीजी महाराजका सुयोग्य उत्तराधिकारी हुन् । त्यहाँको गुरुकुल, मन्दिर, गौशाला, शिशमहलसमेतको सम्पूर्ण जिम्मेवारी उनैको काँधमा छ । त्यहाँ ५ तल्ले भव्य अतिथिगृह निर्माणाधीन छ ।

वाल्मीकि ऋषिको तपोभूमी त्रिवेणीधाममा गजेन्द्रमोक्षधाम फरक आर्कषण छ । वाल्मीकि ऋषिले तपस्या गरेको स्थान त्रिवेणीधाम भएकाले त्यसको व्यवस्थित संग्रहालय निर्माण गरेर नेपाल भारतका लाखौं भक्तजन त्यहाँ भित्राउन पर्ने दीर्घकालीन लक्ष्यका साथ त्रिवेणीमा काम भइरहेको छ । त्यहाँको गजेन्द्र नारायणको कलात्मक र भव्य मन्दिर संसारमै नौलो र फरक छ । दैनिक पूजाअर्चना र सत्संग त्यहाँका
नित्यकर्म हुन् । नारायणी नदी किनारमा रहेको यो मन्दिर फरक शैली र कलात्मकताले भरिएको छ । पुस्तान्तरणलाई पछ्याउँदै स्वामी कृष्णले यसलाई थप व्यवस्थित बनाउँदै कमलनयनाचार्यको काँध थापेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->