बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले क्षेत्र नं. २ प्रदेशसभा ‘ख’को उमेद्वार हुन तीन जना सर्वसम्मत सिफारिस

एमाले क्षेत्र नं. २ प्रदेशसभा ‘ख’को उमेद्वार हुन तीन जना सर्वसम्मत सिफारिस


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७९, शुक्रबार

बागलुङ/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशिल दलहरुले धमाधम उम्मेदवार हुन आकांक्षा राख्नेहरुको नाम सिफारिस गर्न सुरु गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका नामहरुलाई जिल्ला कमिटीले प्रदेश र प्रदेश कमिटीले केन्द्रिय कमिटीलाई सिफारिस गर्ने गरी पार्टीहरुले पद्धतीको विकास गरेका छन् । सोही अनुसार अधिकांश पार्टीको प्रदेश क्षेत्रीय कमिटीले संघीय क्षेत्रीय कमिटी र संघीय क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई आकांक्षीहरुको नाम सिफारिस गर्न थालेका हुन् ।

नेकपा एमालेले बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । एमालेले प्रदेश सभा सदस्य पदका लागि तीन जनाको नाम सिफरिस गरेर पठाएको हो । शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट नेकपा एमालेका नेता टंकप्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मी शेन सुनारको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको नेकपा एमाले ढोरपाटन नगर कमिटिका उपसंयोजक ज्ञानप्रसाद कंडेलले जानकारी दिए ।

नेकपा एमालेले १९ गतेभित्र जिल्लाका सबै क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाइसक्ने जनाएको छ । सोहीअनुसार शनिबार बाँकी रहेका तीनवटै प्रदेशसभा क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवार हुन आकांक्षीहरुको नाम सिफारिस गर्ने एमाले बागलुङका सचिव विष्णु भुषालले जानकारी दिए । एमालेमा प्रदेशसभामा समानुपातिकको सूचिका लागि भने जिल्ला कमिटीले आकांक्षीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->