बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेकपा एस बागलुङबाट को–को छन् आकांक्षी ?

नेकपा एस बागलुङबाट को–को छन् आकांक्षी ?


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७९, शुक्रबार

बागलुङ/ आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएकोे छ ।

यस्तै, क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएकोे छ । गठबन्धन भएको खण्डमा संघ र प्रदेश सांसदमा सिफारिस गरेकामध्ये बाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका जिल्लास्तरीय प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिए ।

यस्तै, बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद् तथा पार्टीका केन्द्रीय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ कै प्रदेशसभा (क)बाट सदस्यका लागि पार्टी केन्द्रीय परिषद् सदस्य कमल घिमिरे र क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यका लागि (ख) बाट जिल्ला सचिवालय सदस्य हरि घर्तीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख शर्माले बताए ।

यस्तै क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य लिला शेरचन र पार्टी जिल्ला कमिटी उपाध्यक्ष केशर छन्त्याललाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->