बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सामुहिक बलात्कार अभियोगमा घाचोकबाट ९ जना पक्राउ

सामुहिक बलात्कार अभियोगमा घाचोकबाट ९ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७९, शनिबार

पोखरा/ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कास्कीको माछापुच्छे गाउँपालिकाका ९ जनालाई पक्राउ गरेको छ । कास्कीकोट घर भइ पोखरा ५ जिरोकिलोमिटर बस्दै आएकी दलित महिलालाइ सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका ह्ुन् । स्रोतका अनुसार अभियुक्तहरुले ‘घाचोकमा मेला हेर्न जाऊँ’ भन्दै फकाएर लगेर बलात्कार गरेका हुन् । पक्राउ परेकामध्ये केही माछापुच्छे्र गाउँपालिका वडा ३ र ४ का र केही जिल्ला बाहिरका व्यक्ति हुन् ।

माछापुच्छे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बलात्कार आरोपमा ९ जनालाइ पक्राउ गरेको र त्यसबारेमा बुझ्दा प्रहरीले अनुसन्धान भइरहेको जानकारी पाएको बताइन् । ‘हाम्रा पालिकाका ९ जना युवालाई पक्राउ गरेर ल्याएको रहेछ ।गल्ती गरेको भए सजायँ पाउनु पर्छ’, उनले भनिन्,‘प्रहरीले अनुसन्धान गरिहेको छ । बाँकी कुरा अनुसन्धान पश्चात नै आउँला ।’ उपाध्यक्षका अनुसार घाचोकमा त्यस्तो ठूलो मेला नलागेको तर घाचोक नजिकै वडा नं. १ टुसेमा तीजेमेला लागेको थियो ।

पालिकाका अध्यक्ष मिनबहादुर गुरुङले बुधबार राति पालिकाबाट केही युवालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताए । ‘आधिकारिक पुष्टि भइसकेको छैन् । तर, यहाँका केही युवाहरुलाइ पक्राउ गरेर लगेको भन्ने सुनेको छु’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले यस बारेमा अनुसन्धान भइराखेको जानकारी दिए । उनले केही व्यक्तिलाई पक्राउ गरेको र केहि पक्राउ पर्न बाँकी रहेको बताए । उनले यस घटनामा गोपनीयताका कारण सबै कुरा बाहिर ल्याउन नमिल्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->