बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस सभापति देउवा पत्नि आरजुको नाम बागलुङबाट सिफारिस

कांग्रेस सभापति देउवा पत्नि आरजुको नाम बागलुङबाट सिफारिस


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७९, शनिबार

बागलुङ/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा सहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारीस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने माग सहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारीस गरिएको हो ।

काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेसन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारीस गरिएको छ ।

समानुपातिक तर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सिफारिस गरिएको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->