आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रथम माछापुच्छे« गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

प्रथम माछापुच्छे« गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै


  • Dhorpatan News
  • भाद्र १९ २०७९, आइतबार

पोखरा/ माछापुच्छे्र भलिबल संघको आयोजन ामा पहिलो पटक गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता ‘माछापुच्छे्र गाउँपालिका कप–२०७९’ हुने भएको छ ।

माछापुच्छे्र गाउँपालिका वडा नम्बर २ भुर्जङखोला स्थित भलिबल कोर्टमा भदौ ३० गतेदेखी प्रतियोगिता आयोजना हुन लागेको हो ।

माछापुच्छे्र गाउँपालिकाका आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम पुनले जानकारी दिए ।

उनले गण्डकीका ८६ वटै पालिकालाई आमन्त्रणस समेत गरिएको बताए । प्रतियोगिताबारे जानकारी दिदैँ संघका सचिव मोहनसिंह तामाङले विजेताले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।

उनका अनुसार दोस्रो हुने टिमले १ लाख २० हजार रुपैयाँ र सेमिफाइनलमा पुगेर होर्न २ टिमलाइ समान ३०÷३० हजार रुपैयाँ प्रदान गरिने छ ।

यस्तै विधागत उत्कृष्ट खेलाडीले समान ७÷७ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । सोही क्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकालाइ खेलकुदको माध्यमबाट समेत चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

उनले प्रतियोगिता सम्पन्न गर्नका लागि सबैमा अनुरोध समेत गरिन् । यस्तै गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले यस अघि गण्डकी प्रदेश सरकारले योजना बनाएपनि नसकेको र गाउँपालिकाले ८६ वटै पालिकाबीच प्रतियोगिता गर्ने योजना अनुरुप आयोजना गरेको बताए ।

उनले सम्पूर्ण व्यवस्थापनदेखी प्रतियोगिता समापनसम्मको जिम्मा माछापुच्छे्र गाउँपालिका भलिबल संघलाइ दिएको बताए ।

उनले गण्डकी प्रदेश भित्ररहेका सबै पालिकालाइ पत्राचार गरि प्रतियोगितामा सहभागिता गराउन आफुले संघलाइ अनुरोध गरेको समेत बताए । प्रतियोगिता भदौ ३० देखी असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->