बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यी हुन् एमालेले बागलुङ-२ बाट सिफारिस गरेका नेताहरु

यी हुन् एमालेले बागलुङ-२ बाट सिफारिस गरेका नेताहरु


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७९, आइतबार

बागलुङ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नं. २ बाट ६ जनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीको आइतवार बडिगाडको खारा बजारमा सम्पन्न वैठकले प्रदेश कमिटी सदस्यहरु मञ्जु शर्मा चालिसे, प्रेम खरेल र मेहरसिंह पाइजा, ढोरपाटन नगरपालिका पार्टी कमिटीका संयोजक गणेश कुमार थापा, सम्पर्क समन्वय कमिटीका सदस्य चेतनारायण पौडेल र बागलुङ–काठमाडौं सम्पर्क मञ्चका सदस्य झकप्रसाद शर्मालाई सिफारिस गरेको हो।

प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीका संयोजक तथा जिल्ला उपसचिव डम्मर श्रीसको अध्यक्षतामा बसेको वैठकले ६ जनालाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सो नाम पार्टी जिल्ला कमिटीमा पठाइएको छ ।

सोमवार वस्ने जिल्ला कमिटी बैठकले तल्लो कमिटीबाट सिफारिस भएर आएका नामहरुलाई टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गर्ने जिल्ला सचिव विष्णु भुषालले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->