पोखरा/ लायन्स क्लब अफ पोखरा ब्लु स्काइले पोखरा-२३ स्थित सिद्धबराह तपोवन आश्रममा परिसरमा वृक्षरोपण गरेको छ ।
प्रमुख अतिथि लायन्स क्लबका वृक्षारोपण विभाग कास्कीका प्रमुख जगन्नाथ तिमिल्सिनाले हरियाली आवश्यक रहेको हुँदा वृक्षरोपण कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका लायन्स क्लब अफ पोखरा ब्लु स्काइका अध्यक्ष कमल सुवेदीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले विपन्न परिवारका बालबालिकाका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम छिट्टै आयोजना गरिने समेत उनले जानकारी दिए ।
क्लबका संस्थापक अध्यक्ष युवराज पौडेल, सिद्धबराह तपोवन सन्यास आश्रम समितिका कार्यवाहक अध्यक्ष सुर्य भण्डारी, गण्डकी होम स्टेका अध्यक्ष हरिलाल पौडेललगायत क्लब कार्यसमितिको उपस्थितिमा करिब ६० बिरुवा वृक्षरोपण गरिएको कार्यक्रम संयोजक भरतमणि पराजुलीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तिमिल्सिनाले क्लबका अध्यक्ष सुवेदीलाई पीपलको विरुवा दिएर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबकी सचिव विन्दु शर्मा सुवेदीले गरेकी थिइन् ।





