बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

फोटोग्राफी अवार्ड वितरण

फोटोग्राफी अवार्ड वितरण


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७९, बुधबार

पोखरा/ फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ ।

यही भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको प्रकृति तथा ल्यान्डस्केप अनलाइन फोटो प्रतियोगिता भाद्र १५ गतेसम्म चलेको थियो । प्रतियोगितामा पर्वतका समीर रेग्मी विजेता बनेका छन् । प्रकृति तथा ल्यान्डस्केप विधामा उनको तस्वीर उत्कृष्ट घोषित भएको थियो । उनले उत्कृष्ट तस्वीरका लागि ५ हजार एक रुपैयाँ,प्रमाणपत्र र ट्रफी पुरस्कार पाए । सोही विधामा रञ्जित गुरुङ, नारायणहरि अधिकारी, कुलराज चौधरी, बब शाही र सन्देश उदासका तस्वीर उत्कृष्ट ५ भित्र पर्न सफल भएको संस्थाका सचिव तुलसीराम सुवेदीले जानकारी दिए ।

यसै गरी, विवाह फोटो प्रतियोगितामा उदय थुलुङलाई उत्कृष्ट तस्वीरको अवार्ड प्रदान गरियो । उनले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रमाणपत्र र ट्रफी पाए । उक्त विधामा अमीत रञ्जित, सञ्जय गौतम, सन्देश उदास, दीपेन्द्र बुढाथोकी र निरोज भण्डारी उत्कृष्ट ५ भित्र पर्न सफल भए । यो पुरस्कार सञ्चालनका लागि संघका सदस्य भक्त तामाङले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनी विवाह फोटो प्रतियोगिता पुरस्कार समिति संयोजक पनि हुन् । यसअघि, वष्ठि कलाकार एवं कार्टुनिष्ट दुर्गा बराललेकार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->