शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विश्वकर्मा पुरुष भलिबल असोज १ देखी

विश्वकर्मा पुरुष भलिबल असोज १ देखी


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७९, बुधबार

पोखरा/पोखरा महानगरपाकिला वडा नम्बर २३ बाम्दिमा खुल्ला विश्वकर्मा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

बाम्दिस्थित भलिबल कोर्टमा ७ औं संस्करणको भलिबल प्रतियोगिता हुन लागेको हो । विश्वकर्मा समुदायका क्लबहरुले मात्रै सहभागिता जनाउँदै आएको प्रतियोगिताको यो संस्करणदेखी खुल्ला प्रतियोगिताको रुपमा आयोजना गरिएको कार्यक्रम संयोजक जीवन कुमार सुनारले जानकारी दिए ।

उनले जुनसुकै स्तरका खेलाडीलेपनि सहभागिता जनाउन पाउने भएपनि खेलाडी भने एकै वडाको हुनुपर्नेछ जानकारी दिए ।

‘हामीले देशका कुनैपनि वडाका टिमलाइ सहभागि हुन दिने छौँ । तर खेलाडी भने सबै वडाकै हुनुपर्ने छ’ उनले भने, ‘जुनसुकै स्तरको खेल खेलेको खेलाडी समेत सहभागि हुन पाउनेछन् ।’

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए । २ वर्षदेखी कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन् ।

विश्वकर्मा समाज नेपालको आयोजना तथा विश्वकर्मा युवा समितिको सहआयोजनामा हुन लागेको प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने अनुमान आयोजकको रहेको छ ।

प्रतियोगिता आगामी असोज १ देखी ३ गतेसम्म हुनेछ । यस्तै समाजले ठेलो प्रतियोगितको आयोजना समेत गरेको छ ।

उक्त प्रतियोगितको विजेताले २ हजार रुपैयाँ तथा उपविजेता १ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने सुनारले जानकारी दिए । यस्तै घइटो फुटाइ विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->