पोखरा – धवलागिरी अञ्चलबाट खेलकुदमा उदायका समपन्न श्रेष्ठ बागलुङको क्षेत्र नं. १ बाट समानुपातिक सांसदतर्फ सिफारिस भएका छन् । नेकपा एमाले बागलुङ जिल्ला कमिटिले संघिय सांसदका लागि उनलाइ सिफारिस गरेको हो ।
खेलाडी हुँदै खेलकुदको विकासका लागि निरन्तर क्रियाशिल श्रेष्ठ धवलागिरीबाट खेलकुदको उच्च निकायमा पुग्ने एक मात्रै व्यक्ति हुन् ।
अहिले सम्म उनीबाहेक कोही पनि धवलागिरीबाट खेलकुदको उच्च निकायमा पुग्न सकेका छैनन् । धवलागिरीको खेल विकासमा लागेका उनी अब भने मुलधारको राजनितिमा प्रवेश गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य, कार्यवाहक अध्यक्ष हुँदै अध्यक्षको रुपमा काम गरेका उनले धवलागिरी क्षेत्रमा खेलकुदको पुर्वाधारमा समेत उत्तिकै महत्वपूर्ण काम गरेका छन् ।
२०५१ सालबाट खेल्न सुरु गरेका उनले ७ वर्षमात्रै खेलाडी बने । त्यो अवधिमा उनले राष्ट्रिय खेलकुद प्रतियोगिता, विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिता समेत खेलिसकेका छन् ।
२०६५ सालमा फुल कन्ट्क्याट कराँतेमा आबद्ध हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेको उनी त्यसपछि मुआथाइतर्फ लागे ।अब भने मुलधारको राजनितिमा लागेर खेलकुदको विकास गर्ने योजनामा उनी रहेका छन् ।





