पोखरा/ जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सुसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भेटेको छ । भेटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याहरूको बारेमा छलफल भएको छ ।
पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । सडक विभागअन्तर्गतका सहरी सडकमा लाइन विस्तार र पस्र्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसंग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ ।





