बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रिघामा भाइरल ज्वरोका बिरामी बढे, ३ दिन विद्यालय बन्द

रिघामा भाइरल ज्वरोका बिरामी बढे, ३ दिन विद्यालय बन्द


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७९, मंगलबार

बडिगाड/ गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

रिघामा ज्वरो आउने, रुघाखोकी, तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्य चौकीकी प्रमुख हेल्थ असिष्टेण्ट लक्ष्मी घर्तिले बताइन् । साबिक रिघा गाविसको वडा नं. १,२, र ४ वडामा बढी र वडा नम्बर ५ का केहीमा पनि संक्रमण देखिएको उनको भनाइ छ ।

‘बिरामीलाई सामन्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाहरुको ल्याब परीक्षण गर्दा उनीहरुमा टाइफाइडसमेत केहीमा पोजेटिव देखिएको छ’,उनले भनिन् । गाँउमा बिरामी बढेपछि रिघा स्वास्थ्य चौकिले डेंगुको पनि परीक्षण गर्ने तयारी भएको उनको भनाइ छ ।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसितभएपछि विद्यालय ३ दिनको लागि बन्द गरिएको छ । गलकोट– ११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय ३ दिनको लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए ।गतहप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ जना विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले सुनाए । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->