पोखरा, ३१ भदौ– कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि मानव बेचविखनविरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले शैक्षिक सहयोग गरेको छ ।
शक्ति समूहले राष्टिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ वटा ंविद्यालयमा बिहिबार ‘ओयुआर’को आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत् सो सहयोग उपलव्ध गराइएको हो ।
पोखराका तालबाराही मावि, धर्मस्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मा.वि र मसिना आधारभुत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्विटर, जुत्ता, मोजा, कापी, कलम, क्यालकुलेटर लगायत एक वर्षको शैक्षिक सामग्री सहयोग गरिएको सो समूहकी गण्डकी प्रदेश संयोजक सरिता पौडेलले बताइन् ।





