बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

राष्ट्रपतिद्वारा विभिन्न मुद्दाका ७०२ जनाको सजाय मिनाहा

राष्ट्रपतिद्वारा विभिन्न मुद्दाका ७०२ जनाको सजाय मिनाहा


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७९, आइतबार

काठमाडौं/ सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशहरुका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६ अनुसार असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुको सजाय माफी भएको शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए । त्यस्तै, विभिन्न फौजदारी मुद्दा लागेका २१ जनाको कैद सजाय मिनाहा गरिएको छ ।
यससँगै ७०२ जनाको सजाय माफी गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->