बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

शिवशक्तिको अध्यक्षमा टुवराज

शिवशक्तिको अध्यक्षमा टुवराज


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७९, बुधबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

बास्तोला फूलवारी क्लवका पूर्वअध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीजलगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन् । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुईजना पदेन सदस्य रहनेछन् । २१ सदस्यीय हुने समितिमा १४ सदस्यपछि मनोनित गरिनेछ ।अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->