आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७९, बुधबार

पोखरा/ पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो ।

तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगतिको बारेमा उजागर गर्न समेत पत्रकार समक्ष आग्रह गरे । प्राविधिक कारण तय भएका केही ठाउँको खेल स्थल परिवर्तन हुन सक्ने संकेत गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल पोखरा रंगशालामा रहेका संरचनालाई मर्मत तथा स्तरोन्नति गर्नको लागि पर्याप्त बजेट नछुट्याइएको गुनासो गुरुङले गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर वानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए ।

तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागीता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । पौडेलका अनुसार पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->