बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७९, बिहिबार

रुकुम पूर्व/ रुकुम पूर्वको भूमे गाउँपालिका– ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।

उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको डीएसपी डाँगीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->