बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रेमलाई उत्कृष्ट फोटो पत्रकारिता अवार्ड

प्रेमलाई उत्कृष्ट फोटो पत्रकारिता अवार्ड


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

पोखरा/ फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्डअन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपीजे ले आफ्नो २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले प्रादेशिक अवार्ड प्राप्त गरेका हुन् । थापा परिचयडटकमसँग आवद्ध फोटो पत्रकार हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रशंसा पत्र र अवार्ड हस्तान्तरण गरे । सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधिका कँडेल, किरण आचार्य, रजनी तामाङ रहेका थिए । तीमध्ये प्रेम उत्कृष्ट भएका हुन् । उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्वअध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए ।

समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जनाबाट छनोट गरी फरकफरक विधामा एकएक जना फोटोपत्रकार विजेताहरु चयन गरेको थियो । विभिन्न विधाअन्तर्गत नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारितातर्फ सुनील शर्मा, खेलकुद फोटोपत्रकारितामा हरिशसिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारितामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि महर्जन, ग्लोवल आइएमइ बैंक आर्थिक फोटोपत्रकारिता विधामा अशोक दुलाल, राजनीतिक फोटोपत्रकारितामा नविनबाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधामा दीपेन्द्र मर्हजनलाई अवार्ड प्रदान गरिएको छ ।

यस वर्षको एनएफपिजे नेपाल लाइफटाइम एचिभमेन्ट एवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद ५० हजारसहित सम्मान गरिएको छ । उनले आफूले पाएको नगद रु ५० हजार पत्रकारहरुकै कोषमा राख्ने प्रतिवद्धसहित उक्त कार्यक्रममा चेक हस्तान्तरण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->