बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

घान्द्रुकमा बौद्धमार्गीहरुका लागि विद्यालय

घान्द्रुकमा बौद्धमार्गीहरुका लागि विद्यालय


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोइदुब लिङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा विद्यालय निर्माण हुने भएको हो ।

सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुनेछ ।

विद्यालयसँगै संग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पूजा गर्ने हल र स्टुपासमेत निर्माण हुनेछ ।
गुप्ती गुरुङको अगुवाइमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका स्वर्गीय चन्द्रसिङ गुरुङ, लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ, चन्द्र गुरुङ र हङकङ निवासी विश्वसम गुरुङको परिवारले १० रोपनी जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए ।

अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको शिलान्यास गर्दै पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->