आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एशिया च्याम्पियनसिपमा नेपालका ४ खेलाडी, पोखराका दर्शिल टोलीमा

एशिया च्याम्पियनसिपमा नेपालका ४ खेलाडी, पोखराका दर्शिल टोलीमा


  • ढोरपाटन सम्वाददाता
  • असोज ९ २०७९, आइतबार

पोखरा थाइल्याण्डमा आयोजना हुन लागेको आइटिएफ यु–१४ तथा अन्डर डेभलपमेन्ट च्याम्पियनसिपका लागि नेपालबाट ४ खेलाडी छनोट भएका छन् ।

नेपालबाट २ महिला तथा २ पुरुष खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा पोखराका दर्शिल श्रेष्ठ सहित राजवीर प्रधान, प्रशंसा मोक्तान र अद्या पौडेल रहेका छन् ।

कोरोना महामारीका कारण २ वर्षदेखी हुन नसकेको च्याम्पियनसिप थाइल्याण्डमा हुन लागेको हो । एशिया लन टेनिसको जुनियर उमेर समुहको वरीयता अंक (रेन्किङ) का लागि हुन लागेको च्याम्पियनसिपका लागि पोखराका दर्शिल श्रेष्ठ छनोट भएका छन् ।

सन् २०२० मा भएको एशिया अन्तरगतको क्षेत्रीय छनोट प्रतियोगितामा नेपाल समेत छनोटमा परेको थियो । विश्वमा कोरोना महामारी फैलिन थालेपछि खेल हुन सकेको थिएन ।

क्षेत्रीय छनोट भइ एशियन च्याम्पियनसिपका खेल्ने अन्तिम राष्ट्रहरुको टुंगो समेत लागेको छ । च्यापम्पियन सिपका लागि १८ राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता तथा उपविजेताले अर्को वर्ष हुने च्याम्पियनसिपका लागि बढुवा पाउनेछन् । यस्तै हार व्यहोरेको खण्डमा रेलिगेशनमा पर्नेछन र पुनः क्षेत्रीय छनोट खेल खेल्नुपर्नेछ ।

आइटिएफ एशिया यु–१४ र अन्डर डेभलपमेन्ट च्याम्पियनसिपको ढाँचा २०२० बाट परिवर्तन गरिएको हो । २०२० मा कोभिडका कारण विश्वमा २ वटामात्रै क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त समय फाइनल खेल रद्ध हुन पुगेको थियो ।

अन्तराष्ट्रिय टेनिस महासंघ (आइटिएफ) र एशियन टेनिस महासंघ (एटिएफ) को छलफलले २०२० र ०२१ को क्षेत्रीय प्रतियोगिताको शीर्ष दुइ स्थान हासिल गरेका राष्ट्रलाई च्याम्पियनसिपमा समावेश गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिप थाइल्याण्डको नन्थाबुरी स्थित लन टेनिस कोर्टमा अक्टोबर ३ देखी १३ सम्म हुनेछ । यु–१४ उमेर समुहको ए श्रेणीको च्याम्पियनसिपमा वरीयता अंक प्रदान हुनेछ ।

च्याम्पियनसिपमा पश्चिम एशियाबाट जोर्डन, इरान र लेबनान, मध्य एशियाबाट काजकिस्तान, उजवेकिस्तान र किर्गिस्तान, दक्षिण एशियाबाट नेपाल, भारत र श्रीलंका रहेका छन् ।

भने पूर्वी एशियाबाट कोरिया, चाइनिज ताइपे, हङकङ, चीन र जापाना, दक्षिण पुर्व एशियाबाट थाइल्याण्ड, मलेसिया,इन्डोनेसिया र भियतनामको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->