बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

दसैंमा रक्सी खानेहरु होसियार !

दसैंमा रक्सी खानेहरु होसियार !

हुँदैछ गण्डकीमा पाइलैपिच्छे मापसे जाँच ।


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

पोखरा/ दसैंको बेला गण्डकीका ११ जिल्लाका विभिन्न ठाउँमा सडक चेकजाँच र सुरक्षाका लागि ३६० जना ट्राफिक प्रहरी खटिने भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीको चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गर्न लागिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायी रुपले, केही ठाउँमा मादक पदार्थ सेवन गरे÷नगरेको चेक गर्न,केही युनिटलाई नियमित चेकिङ,मोवाइल गस्ती,सहायता कक्ष,विपद् उद्धार, राजमार्ग गस्तीलगायतका जिम्मेवारी दिइएको छ ।

बागलुङमा ६ र तनहुँ र नवलपुरमा ५ वटा विभिन्न यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ भने तनहुँमा सबैभन्दा बढी ४ वटा मोवाइल गस्ती टोली खटाइएको छ । मादक पदार्थ सेवनको परीक्षण गर्न कास्कीका १२ वटा टोली खटिएका छन् भने बागलुङ र म्याग्दीमा ३–३ ठाउँमा मापसे चेकिङ गरिनेछ ।अन्यत्र भने एक वा दुई ठाउँमा मापसे चेकिङ गरिने ट्राफिक कार्यालयले जनाएको छ । पोखराका १५,नवलपुर र तनहुँका ६,स्याङ्जा र बागलुङका ५ र गोरखाका ४ ठाउँमा नियमित चेकजाँच हुने भएकाले कागजपत्र लिएर यात्रा गर्न पनि प्रवक्ता सुवेदीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->