बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव, कास्कीकोटमा सरौं नाचको तयारी

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव, कास्कीकोटमा सरौं नाचको तयारी


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

पोखरा/ पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार घटस्थापनाका दिन शोभायात्रासहित महोत्सव सुरु गरेको हो । भव्य शोभायात्रा विन्ध्यवासिनीबाट सुरु भइ महेन्द्रपुल–चिप्लेढुंगाहुँदै विन्ध्यवासिनी नै पुगेर टुंगिएको थियो ।

यता कास्कीकोट दरवारमा रहेको गुप्तकालिका मन्दिरमा पनि नवदुर्गा महोत्सव हुने भएको छ । तान्त्रिक र वैदीक तरीकाले पूजा हुने गुप्तकालीका मन्दिरमा घस्थापनादेखि दशमीसम्म पाणा पुजारीहरु मन्दिरमा नै बसेर पूजा गर्ने प्रचलन रहेको छ । दसैंमा यहाँ लोपोेन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । उनका अनुसार कास्कीकोटमा दसैंको बेलामा बजाइने नगरा,सत्रौ शताव्दीका ढाल तरवारहरुलगायत तोपहरुको समेत प्रदर्शन गरिने छ । गरीने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->