शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अविरल वर्षाले म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध

अविरल वर्षाले म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७९, बिहिबार

म्याग्दी / अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

तीन दिनदेखिको वर्षाले वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानमा सडक भासिएको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानीभीर, जलथले, गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायत सडक वर्षाले सडक अवरुद्ध बनाएको छ ।

खहरे र ग्रामीण क्षेत्रकाखोलाहरुमा भेलबाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्ग समेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको बेनी नगरपालिका–३ का सोमबहादुर पुनले बताए  ।

दशैँका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारीसाधान सञ्चालन नहुँदा सर्वसाधारण पैदल यात्रा गर्दै टिका लगाउन जान थालेका छन् ।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दी जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्किने व्यक्ति मुस्ताङमा नै रोकिएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । बेनी–जोमसोम सडक खण्डको शाखानदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खसिरहेको छ ।

यता बेनी–मालढुंगा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ। पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमाचल्ने सवारी साधन चलेका छैनन् । बाटोको अवस्थाका कारण पैदल हिँडेर गन्तव्यमा पुग्नसक्ने अवस्था समेत नरहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->