आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एमाले उपमहासचिव गुरूङले प्रतिनिधि सभामा दिए उम्मेदवारी

एमाले उपमहासचिव गुरूङले प्रतिनिधि सभामा दिए उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

लमजुङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अन्ततः लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्।

लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न चाहेका गुरूङको टिकट हेरफेर गर्न अध्यक्ष केपी ओली तयार नभएपछि प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दिनु अघिसम्म उनले लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न जोडबल गरेका थिए।

लमजुङबाट एमालेले प्रतिनिधिसभा सदस्यमा जमिन्द्रमान घलेलाई सिफारिस गरेको थियो भने गुरूङलाई प्रदेशसभा ‘ख’ र धनञ्जय दवाडीलाई लमजुङ ‘क’ बाट सिफारिस गरेको थियो।

जिल्लाको सिफारिस विपरीत अध्यक्ष ओलीले गुरूङलाई प्रतिनिधि सभामा, घलेलाई लमजुङ ‘क’ र जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई लमजुङ ‘ख’ को उम्मेदवार बनाएका थिए।

सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले उमेद्वारी दर्ता गराएका छन् । प्रदेश सभाका दुवै क्षेत्रमा कांग्रेसले टिकट पाएकाे छ । प्रदेशमा ‘क’ बाट कांग्रेसका जिल्ला सभापति टकराज गुरूङ र ‘ख’ मा पूर्व-जिल्ला सभापति भेषबहादुर पौडेलले टिकट पाएका छन्।

०७४ काे निर्बाचनमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङ एउटै टिमबाट निर्बाचन लडेका थिए। संघमा देव गुरुङ र प्रदेशमा पृथ्वीसुब्बा गुरुङले जित हात पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->