बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अबको प्रधानमन्त्री म हो : शशांक

अबको प्रधानमन्त्री म हो : शशांक


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

नवलपुर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्’ उनले भने,‘ यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्र पनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’

कोईराला नवलपुर–१ बाट तीनपटक निर्वाचित भइसकेका छन्भने अहिले चौथो पटक चुनावी मैदानमा छन् । तीनपटक सम्म विकास निर्माण र नीतिगतरुपमा काम गरेको र समृद्ध नवलपुर निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि आफू पुनः चुनावमा होमिएको उनले बताए ।

डा. कोइरालाको प्रतिस्पर्धामा नेकपा एमालेका कृष्ण पौडेल, राप्रपाका डा. मोहनीलाल भुसाल, राष्ट्रिय जनमुक्ति पार्टी टक बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, हाम्रो नेपाली पार्टीका तुलसीराम भुसाल, स्वतन्त्र एकनाथ पोख्रेल लगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, नेपाली काँग्रेसबाट संघतर्फ क्षेत्र नं. २ मा बिष्णु कुमार कार्कीले पनि उम्मेदवारी दिएका छन् । कार्कीले काठमाण्डौस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दिएका काँग्रेस स्रोतले जनाएको छ ।

काँग्रेसका तर्फबाट प्रदेशतर्फ क्षेत्र नं। १ को क मा पार्टीका जिल्ला सभापति महेन्द्रध्वज जिसीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->