बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, संक्रमित ३३ हजार नाघे

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, संक्रमित ३३ हजार नाघे


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७९, सोमबार

काठमाडौं/ नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो । यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो ।

यस्तै यो बर्ष मात्रै डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९ सय ७५ पुगेको छ । यो संख्या हालसम्मकै धेरै हो । गत साउनबाट बढ्न थालेको डेंगु तीन महिनामा तीव्ररूपमा बढेको थियो । यसवर्ष सुरुमा ललितपुरबाट फैलिएको संक्रमण हालसम्म देशका ७६ जिल्लामा पुगिसकेको छ ।

चिकित्सकहरूका अनुसार हाल डेंगु संक्रमणको कडा लक्षण लिएर अस्पताल पुग्ने बिरामीहरुको संख्या धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->