बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गण्डकीका दुई मन्त्रीद्वारा बागी उम्मेदवारी फिर्ता

गण्डकीका दुई मन्त्रीद्वारा बागी उम्मेदवारी फिर्ता


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७९, बुधबार

पोखरा/ आसन्न प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका गण्डकीका दुई मन्त्रीले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र ऊर्जा मन्त्री हरिशरण आचार्यले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

शिक्षामन्त्री श्रेष्ठले स्याङ्जा १ (क) र ऊर्जा मन्त्री आचार्यले गोरखा २ (ख)मा उम्मेदवारी दिएका थिए । पाँच दलीय गठबन्धनले स्याङ्जा १ (क) माओवादी केन्द्र र गोरखा २ (ख) नेपाल समाजवादी केन्द्रको भागमा पारेको छ । उनीहरुले पार्टीको निर्णय स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->