पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले पदक तालिकामा खाता खोलेको छ । गण्डकीले १ कास्य पदक हात पार्दै खाता खोलेको हो । गण्डकीले फेन्सिङमा खाता खोलेको हो ।
उता बागमति प्रदेश भने समग्रमा ४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ । बागमति ४ स्वर्ण, एक रजत सहित समग्मा ५ पदक सहित पहिलो स्थानमा रहेको छ ।

(स्वर्णसहित बागमतिका खेलाडीहरु)
त्रिभुवन आर्मी क्लब ३ स्वर्ण, ५ रजत र ६ कास्य प्राप्त गर्दै समग्रमा १४ पदक सहित दोस्रो स्थानमा रहेको छ । शसस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदका साथ तेस्रो स्थानमा छ ।
सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदकका साथ चौथो तथा नेपाल पुलिस क्लब १ स्वर्ण सहित पाँचौ स्थानमा रहेको छ । त्यसैगरी प्रदेश नं.–१ को ३ कास्य सहित छैटौं तथा १ कास्य सहित गण्डकी प्रदेश साँतौँ स्थानमा रहेको छ ।





