आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो

मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७९, बिहिबार

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्न्तर्गतको फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ । बुधबार भएको इपी इभेन्टका विजेतालाई खेल सकिएपछि प्रदान गर्ने पदक नभएपछि दिउँसो प्रदान गरिएको पदक मागिएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज फेन्सिङमा आएपछि खेलाडीहरुलाई प्रदान गरिएको मेडल मागेर जोगाड गर्दै इपी एभेन्टका खेलाडीलाई लगाइदिएको हो ।
आफूहरु लगाएको स्वर्ण पदक फुकालेर दिएका स्वर्ण विजेता एक खेलाडीले मेडल मागेपछि सुरुमा आफू आश्चर्यमा परेको बताए ।

‘मेडल त फिर्ता दिन्छु भनेको छ । मेडल पुगेन रे त्यो भएपछी हाम्रो मेडल दिएको हो । ठिकै छ फोटो खिची हाल्यो’ उनले भने, ‘खै किन ? हो यस्तो भएको । यो आयोजकको कमजोरी हो । हिजो एकजना खेलाडी विरामी थिया,े त्यसलाई पनि १ घण्टापछि बल्ल एम्बुलेन्सले लग्यो ।’ प्रतियोगितामा आवश्यक तयारी केही पनि नदेखिएको उनले बताए । उनले थोरै खेल हुँदा त भद्रगोल देखिएको २८ गतेबाट त झन भद्रगोल हुने बताए । ‘हामी त भाग्यमानी हौँ । अहिले यो मात्रै खेल भएकाले सबैले हेरेको छ । सबै खेल भयो भने के होला ? उनले व्यक्ति प्रतिस्पर्धामा रजत र समुहमा स्वर्ण हासिल गरेका छन् । आफुले मेडल लगाएर घाटी गहुँगो बनाउने चाहाना भएपनि आयोजकको कारण त्यो पुरा नभएको सुनाए । ‘आज घाँटी गह्र्ङ्गो बनाम् भनेको दुईवटा मेडल लगाएर सपना अधुरै रह्यो । हाम्रो गलामा भएको चिज माग्न कत्तिपनि लाजे मानेनन् । किन देखावटी रुपमा लगाइदिनुपर्छ र ? मेडल आएपछि दिएको भए भइहाल्थ्यो त ।’
उत,ा फेन्सिङ संघले भने आफ्ना कमिकम्जोरीलाई ढाक्ने प्रयास गरेको छ । नेपाल फेन्सिङ महासंघका महासचिव सुजन लाल श्रेष्ठले खेलाडीसँग मेडल नमागेको बताए । खेलाडीसँग धमाधम मेडल मागरे मन्त्रीको अघि ल्याइएको मेडललाई राखेप बाटै आएको बताए ।

‘सुरुमा मेडल नआएकै हो । हामीले सबै इभेन्ट सकेपछि दिने योजना बनाएका थियौँ । अचानक मन्त्रीज्यु आएपछि ढिला भएको हो’, उनले भने,‘इभेन्ट हुँदा मात्रै मेडल ल्याउने गरेका छौँ । एकैचोटी सबै लिएर आउँदा हराउन सक्ने भएकाले इभेन्ट अनुसार ल्याएका हौँ ।’

मन्त्री गहतराजले इपी सामूहिक इभेन्टमा स्वर्ण विजेता त्रिभुवन आर्मी, रजक विजेता एपिएफ क्लब र कास्य विजेता सुदुरपश्चिम र प्रदेश १ लाई पदक प्रदान गरेका थिए । सेनाले सशसस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेका हुन् । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदुर पश्चिमले कास्य पदक जिते । फेन्सिङको पदकमा बागमती प्रदेश र्शिष स्थानमा उक्लेको छ । बागमतीले ४ स्वर्ण, एक रजत सहित ५ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदक प्राप्त गरेको छ । शसस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी प्रदेश १ ३ कास्य सहित पाँचौ स्थानमा रहेको छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य पदक प्राप्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->