नवलपुर/ उम्मेदवारी फिर्ताको बिषयलाई लिएर भएको झडपमा परेर माओवादी केन्द्र पोलिट्ब्युरो सदस्य बालकृष्ण गैरे (किशन शर्मा) घाईते भएका छन् । उनलाई एमाले निकट कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यकक्षबाट १ वजेपछि एक्कासी पक्रेर बाहिर निकाल्न खोजेका थिए । विवाद भएपछि नजिकै रहेको प्रहरीको टोलीले दुवैपक्षका युवाहरुलाई बाहिर निकाल्न खोज्दा धकेलाधकेलमा शर्मा लडेका हुन् ।
माओवादी पक्षले भने एमाले कार्यकर्ताले शर्मालाई धकेलेर लडाएको आरोप लगाएको छ । एमाले पक्षले बाहिर निस्कने क्रममा प्रहरीको धक्काबाट शर्मा लड्न पुगेको तर निर्वाचनको समयमा अनावश्यक लाल्छना लगाउँदै विषयलाई अतिरञ्जित बनाउने प्रयास भएको जनाएको छ । नवलपुरमा बुधवार दिउँसो १ भएको धकेला–धकेलमा भूर्इंमा लडेका शर्माको टाउकोमा गम्भीर चोट लागेको प्रारम्भिक उपचारमा संलग्न कालीगण्डकी नारायणी अस्पताल कावासोतीका मेडिकल डाईरेक्टर डा. छविलाल थापाले बताएका छन् ।
उनको खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ । सिटि स्क्यान गर्नुपर्ने भएकोले यहाँबाट रिफर गरिएकोले भरतपुर वा काठमाडौं कहाँ लैजाने उहाँहरुको कुरा रहने डा. थापाले बताए ।





