पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्यान्डबलमा गण्डकी प्रदेशको महिला र पुरुषको दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष तर्फ समूह ए बाट गण्डकी र आर्मी फाइनलमा प्रवेश गरेको हो । भने महिला तर्फ समूह ए कै उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पुरुषतर्फ समूह बी बाट लुम्बिनी र एपिएफ सेमिफाइनल प्रवेश गरेको हो भने महिला तर्फ समूह ए बाट एपिएफ तथा समूह बी बाट आर्मी र प्रदेश–१ ले अन्तिम चारमा स्थान बनाएको हो ।






