पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एनआरएन टिम विरुद्ध प्रदेश नं. १ ले दावि विरोध पेश गरेको छ ।
बिहिबार भएको एनआरएन र प्रदेश नं. १ बीचको खेलमा एनआरएन टिमबाट खेलेका ८ खेलाडी राष्ट्रिय खेलकुद परिषद्को खेल कार्य विधिभित्र नपर्ने भएपछि उक्त खेलको नतिजा आफ्नो पक्षमा हुनुपर्ने भन्दै पुरुष फुटबल प्रतियोगिताका संयोजकलाई दावि विरोध पेश गरेको हो ।
एनआरएनबाट खेल्ने खेलाडी कम्तमिा १ सय ८० दिन विदेशमा बसोबास गरेको हुनुपर्नेमा टोलीबाट बिहीबार खेल्ने ८ खेलाडी नियविपरित खेलाइएको प्रदेश १ को दाबी रहेको छ ।
एनआरएनबाट अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोक राई, विमल घर्तीमगर, विशाल राई, इशान खड्का र अशोक खवास खेल्ने विरुद्ध प्रदेश १ ले प्रोटेस्ट राखेको हो ।
८ मध्ये अधिकाशं प्रदेश १ कै खेलाडी हुन् । खेलाडीले प्रदेशले आफूहरुलाई वास्ता नगरेको र प्रदेशले भने खेलाडी छनोटमा सहभागी नभएको दाबी गर्दै आएका छन् ।






