आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उदयाको दुई गोलमा गण्डकीको सहज जित

उदयाको दुई गोलमा गण्डकीको सहज जित


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७९, शुक्रबार

पोखरा /गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । गण्डकीकी उद्या थापाले दुई गोल गर्दा गण्डकीले सहज जित निकालेको हो ।

वालिङ स्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पाखा लगायो ।

खेलको ३३ औं मिनेटमा गण्डकीकी शान्ती नेपालीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० को अग्रता लिएको गण्डकीले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो ।

गण्डकीका लागि उद्या थापाले ५८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । उनले खेलको ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पु¥याइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->