पोखरा / नेपाली खेलकुदको महाकुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको रंगशालामा एक विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो ।
‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे ।
यस्तै गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले झण्डात्तोलन गरे ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना भएको हो । यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ ।
१८ औं एशियन गेममा प्याराग्लाइडिङ तर्फ पदक विजेता शुशिल गुरुङले खेलाडीको तर्फबाट सपथ लिएका थिए । यस्तै निर्णायक तर्फ भलिबलका अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह गुरुङले सपथ लिए ।
नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ । नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कुल ६ हजार १ सय ५६ खेलाडीको सहभागिता रहेको छ भने ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।





